२३ भाद्र २०८१, आइतबार

धनुषा-सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीयवासीद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति :  11 August, 2024 6:32 pm


काठमाडाैँ ।धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भइसक्दा समेत पुल निर्माण हुन सकेकाले नयाँ पुल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सिरहाबाट आएका प्रविण यादवले आफूहरु हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । उनले हाम्रो अभिभावक मधेस सरकार रहेका मधेस सरकारले नै यो समस्या समाधान गर्नुपर्ने आफूहरू को माग रहेको बताए ।

“आफूहरू यहाँबाट अरू कतै यो माग लिएर जाँदैनौँ, हाम्रो माग प्रदेश सरकारले कसरी सम्बोधन गर्छ त्यो हाम्रो सरोकारको विषय होइन तर कमला पुल प्रदेश सरकारले जसरी पनि निर्माण गरि दिनु पर्यो,”उनले भने ।

ज्ञापन पत्र बुझ्दै मधेसका मुख्यमन्त्री सतिश सिंहले आफूहरू कमला पुल निर्माणका लागि गम्भिर रहेको बताए । उनले संघ सरकारले अनुमति दिए आफूहरू आफ्नै बजेटबाट पनि पुल निर्माण गर्न तयार रहेपनि अधिकार नरहेकाले अहिलेसम्म कुनै ठोस कदम उठाउन नसकेको बताए ।

मुख्यमन्त्री सिंहले ७ दिनभित्र पूल निर्माणकालागि प्रक्रिया अगाडी नबढाइए आमरण अनशनमा बस्ने आन्दोलनकारीहरूको चेतावनीप्रति रोष प्रकट गरे । उनले गत ७ वर्षसम्म प्रदेश सरकार रहे÷नरहेको जनताले अनभुति नगरेको र आफ्नो नेतृत्वको सरकार आएको २ महिनामै यस प्रकारको अल्टिमेटम दिँदा नियोजित रुपमा आन्दोलनको प्रारम्भ गरिएको जस्तो लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !