सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
प्रकाशित मिति : 13 August, 2024 4:30 pm
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (बुधबार) प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
साउन २० गते मुख्यमन्त्री नियूक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।
बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्नेछ ।