२३ भाद्र २०८१, आइतबार

प्रतिनिधि सभाबाट संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक पारित

प्रकाशित मिति :  14 August, 2024 5:34 pm


काठमाडाैँ । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकाे थियाे ।सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गरे । त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिए ।

प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदहरूले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उनले आग्रह गरे ।

प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !