२३ भाद्र २०८१, आइतबार

देशको लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश गएको छः कानूनमन्त्री चौरसिया

प्रकाशित मिति :  14 August, 2024 6:31 pm


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन शिर्ष नेताहरूले गरेको सम्बोधन ऐतिहासिक भएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री चौरसियाले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने शुद्ध भावनाका साथ सांसदहरूले सम्बोधन गर्नुले लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश गएको बताएका हुन् । उनले देशको लोकतन्त्रलाई कसैले हल्लाउन नसक्ने सन्देश गएको बताउँदै विधेयक पीडितहरूको पक्षमा रहेको दाबी गरे ।

“सबैले एक स्वरमा शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउने शुद्ध भावनाका साथ संसदलाई सम्बोधन गर्नुभएको छ । यसले यो देशको लोकतन्त्र दिगो छ, बलियो छ, यसलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश देशभित्र गएको छ । विधेयक द्वन्द्वपीडितमैत्री छ । पीडितहरूको पक्षमा छ ।”

मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्वको अवस्था नआउने गरी विधेयकमा व्यवस्था गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !