२३ मंसिर २०८१, आइतबार

माओवादी सांसदको आरोपः काँग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो

प्रकाशित मिति :  15 August, 2024 2:19 pm


काठमाडाैँ ।राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे ।

उनले संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए ।उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमँ जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताए ।

सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताए । उनले नेपाली काँग्रेस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !