२३ भाद्र २०८१, आइतबार

अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न हुन सकेनन्ः मन्त्री खड्का

प्रकाशित मिति :  15 August, 2024 4:24 pm


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तरमन्त्रालयहरूसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरूमा थुप्रै खालका समस्याहरू रहेको बताएका हुन् । उनले अन्तरमन्त्रालयहरूसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरूमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रूपमा रहेको बताए ।

उनले महाकाली सिंचाई आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१—०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताए । उनले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताए ।

उनले श्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताए । उनले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताए । 



प्रतिक्रिया दिनुहोस !