२३ मंसिर २०८१, आइतबार
विपद्

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी, हिमताल फुटेको आशंका

प्रकाशित मिति :  16 August, 2024 3:58 pm


काठमाडौँ । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित थामे आसपास आज भीषण बाढी आएको हो ।

बाढी आएको ठाउँमा ठूलो पानी भने परेको थिएन । माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यस्तै, थुलुङ दुधकोशी गाउँपालिकाले पनि थामे गाउँमा ठूलो बाढी आएकोले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !