१ चैत्र २०८२, आइतबार

गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ

प्रकाशित मिति :  16 August, 2024 7:01 pm


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरुले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सञ्चार माध्यामहरूले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरेका हुन्। आजभोली कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाईको भाव बोक्न नसक्ने उल्लेख गरे।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए । उनले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गरे ।

महामन्त्री थापाले सञ्चार माध्यामहरुले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !