३१ भाद्र २०८१, सोमबार

परराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसरः पूर्वराजदुत उपाध्याय

प्रकाशित मिति :  18 August, 2024 10:45 am


काठमाडाैँ । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताए ।

पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा.राणा इमान्दारिताका साथ प्रयास गरेर सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताए । नेपाल—भारतबिचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको बताए ।समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने उनकाे भनाइ छ ।

उनले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिए । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताए । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिए । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !