स्याङ्जाको कालीगण्डकीबाट अवैध सालको काठ बरामद
प्रकाशित मिति : 18 August, 2024 10:56 am
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2024/08/%E0%A4%AB%E0%A5%8B%E0%A4%9F%E0%A5%8B-2080-04-31-%E0%A4%97%E0%A4%A4%E0%A5%87-%E0%A4%85%E0%A4%B5%E0%A5%88%E0%A4%A7-%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%BE%E0%A4%A0-%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%A6-%E0%A4%AC%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%BE-%E0%A4%9A%E0%A5%8C%E0%A4%95%E0%A5%80.jpg?fit=1536%2C2048&ssl=1)
काठमाडाैँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मिबाट शुक्रबार अवैध सालको काठ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मिर्मिस्थित आँधिमुहान भित्र सडक खण्डमा रुखापानीबाट मिर्मि आउँदै गरेको लु ४ त ६५६५ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा काठ बरामद गरेको हो ।
ट्याक्टर बाट साल जातको चिरान (चारपाटे) काठ सात थान, १५.०६ क्यू फिट फेला पारी ट्याक्टर नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आवश्यक कारवाहीको लागि शव डिभिजन वन कार्यालय स्याङ्जा बुझाएको जनाएको छ ।