१ आश्विन २०८१, मंगलबार

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छः सांसद शेर्पा

प्रकाशित मिति :  18 August, 2024 2:15 pm



काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताएका हुन् । उनले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताए। उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भइ मुद्दा उठाउनुपर्ने बताए।

उनले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए । उनले भने, “अध्ययनको प्रक्रिया हुँदै गर्दा पनि हामीले नेपालमा भएका जतिपनि अध्ययनहरू छन्, त्यो अध्ययनको सन्दर्भमा हामीले जनतालाई सुसुचित गर्न सकिरहेका छैनौँ । कुन पोखरीको अवस्था कस्तो छ, के छ ? यहाँ एन्जिओहरू च्याउ फलेको सरह छ । अध्ययन च्याउ फले जस्तो छ । कुन पाखेरी खतरा र सुरक्षित कुन छ भनेर हामीले प्रश्न गर्ने हो भने सरकारसँग त्यो डकुमेण्ट छैन ।”
सांसद शेर्पाले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय रूपमा दह्रोसँग उपस्थित हुनेगरी अघि बढ्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !