२३ भाद्र २०८१, आइतबार

पोखरामा स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  19 August, 2024 3:51 pm


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन गरिएका १४९ मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएर कारबाही गरेका छ ।

साउन ३० देखि भदौ २ गतेसम्म प्रहरीले अभियान चलाएर ती मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारीधनीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ उल्लेख भएअनुसार १५ हजार रुपैयाँसम्म जरिवाना लिइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलले रङ, सिट, साइलेन्सर, नम्बरप्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिन, चेचिस लगायतका पाटपूर्जा फेरबदल गरेका छन् । सवारी धनीसँगै वर्कसप सञ्चालक, कार्यरत मजदुरले काननु विपरीत काम गरेको कास्की प्रहरीले बताएको छ ।

स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण गराउन मोटरसाइकललाई रोक्न प्रहरीले गत आर्थिक वर्षमा अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गराउने मोडिफाइड १ हजार ९८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख १० हजार ३०० रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने ८ जना सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !