३१ भाद्र २०८१, सोमबार

नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने

प्रकाशित मिति :  19 August, 2024 4:40 pm


काठमाडौँ । भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौँस्थित भारतीय दूतावासले आज (साेमबार) एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ ।

अब मुलुकको २८ वटा परियोजनाबाट ९४१ मेगावाट बिजुली भारत जानेछ । “कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्छ”, विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय बिजुली बिक्रीका लागि ६९० मेगावाट मात्रै स्विकृत हुँदा पनि गत वर्ष नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । गत आर्थिक वर्ष नै नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !