२६ बैशाख २०८१, बुधबार

सरकारले स्वीकृत गरेको नक्साको समर्थन गरेपछि अभिनेत्री मनीषाको भारतीय मिडियामा चर्चा

प्रकाशित मिति :  20 May, 2020 8:43 am


काठमाण्डौं, ७ जेठ ।

नेपाल सरकारले स्वीकृत गरेको नयाँ नक्साको अभिनेत्री मनिषा कोइरालाले समर्थन गरेपछि भारतीय मिडियामा चर्चा भएको छ । लिम्पियाधुरासमेत समेटेर नेपाल सरकारले नयाँ नक्सा स्वीकृत गरेपछि भारतीय मिडियामा हलचल छ ।

यसैक्रममा अभिनेत्री कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै ट्वीट गरेपछि भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणले ‘मनीषा ने की नेपाल सरकारी तारीफ’ भन्दै चर्चा गरेको छ ।

आज तकले लेखेको छ,‘मनीषाले कालापनी तथा लिपुलेखलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपाल सरकारको कमदको समर्थन गरेकी छन् ।’ मनिषाले आफ्नो ट्वीटरमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै लेखेकी थिईन्,‘हाम्रो सानो देशको गौरवका लागि धेरै धेरै धन्यवाद । म तीन महान देशबीच शान्तिपूर्ण तथा सम्मानजनक वार्ताको अपेक्षा गरेको छु ।’

कोइराला भारतीय चलचित्रमा अभिनय गर्दै आएकी छन् ।



प्रतिक्रिया दिनुहोस !