३१ भाद्र २०८१, सोमबार
व्यवसायीका पीर

रोल्पा नगरपालिकाको कर वृद्धिको निर्णय विरुद्ध रोल्पाका व्यवसायी अनिश्चितकालीन आन्दोलनमा

प्रकाशित मिति :  22 August, 2024 1:44 pm


काठमाडौँ । रोल्पा नगरपालिकाद्वारा व्यवसायीहरूबाट संकलित करमा गरिएको अत्यधिक वृद्धि र अव्यवस्थित संकलनको विरोधमा व्यापारीहरूले आन्दोलनको घोषणा गरेका छन्।

रोल्पा उद्योग वाणिज्य संघ\संयुक्त संघर्ष\परामर्श समितिले हिजाे (बुधबार) एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले १०० देखि ६०० प्रतिशतसम्म कर वृद्धि गरेको र २०७४ सालदेखि निरन्तर कर संकलन गर्दै आएको जनाएका छन्। कर निर्धारणमा सरोकारवालाको सहभागिता र सहमति प्राप्त नगरेको आरोप व्यवसायीहरूकाे छ ।

समितिका अध्यक्ष केशवकुमार आचार्यले नगरपालिकाले गरेकाे कर वृद्धि अव्यवहारिक, अव्यवस्थित, र गैरकानुनी रहेकाे बताउँदै समयमा नै सकारात्मक कदम उठाउन माग गरेकाे छन् ।

समितिले आजदेखि सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। यस कदमको उद्देश्य नगरपालिकाको निर्णयलाई चुनौती दिनु र व्यवसायीहरूको समस्यामा ध्यानाकर्षण गर्नु रहेकाे समितिले जनाएकाे छ ।

समितिले सबै व्यापारीहरू, राजनीतिक दल, व्यवसायिक संघ संस्था, शिक्षक, विद्यार्थी, र बुद्धिजीवीहरूलाई समर्थन र ऐक्यबद्धताको अपिल गरेको छ।



प्रतिक्रिया दिनुहोस !