मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैनः अध्यक्ष राउत
प्रकाशित मिति : 23 August, 2024 5:26 pm
काठमाडाैँ ।जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताएका हुन्।
उनले मधेसीहरूलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताए । उनले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताए ।
अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताए ।








