२३ भाद्र २०८१, आइतबार

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक

प्रकाशित मिति :  26 August, 2024 3:02 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्।

दुई ठूला राजनीतिक दलको बिचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताए।

गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताए ।

त्यस अवसरमा गृहमन्त्री लेखकले जनताको सेवा प्रदानमा कुनै पनि कमी,कमजोरी नहुनेगरी काम गर्न पनि नेपाल प्रहरीलाई निर्देशन दिए । समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी काम, कारबाहीबारे जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !