अनेरास्ववियु क्रान्तिकारी गजुरीको अध्यक्षमा तामाङ चयन
प्रकाशित मिति : 26 August, 2024 8:23 pm
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा सुमन लो तामाङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
सम्मेलनले तामाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा रश्मी तामाङ, बिशाल रुपाखेती, शेर बहादुर बिक, प्रमिला अधिकारी, सचिवमा शिव पाण्डे, सह–सचिवमा बिश्वास बिक, अनुष्का तामाङ, सन्देश खड्का, वसन्त अधिकारी र कोषाध्यक्षमा मिलना अधिकारी रहेका छन् ।
सम्मेलन नेकपा माओवादी केन्द्र गजुरीका ईन्चार्ज धुव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।