४ कार्तिक २०८३, मंगलबार

मंगलवार कोशी, बागमती र लुम्बिनीमा भारी वर्षा हुने, अन्य क्षेत्रमा कस्ताे रहन्छ माैसम?

प्रकाशित मिति :  27 August, 2024 7:14 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

मंगलवार बिहानीपख कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ भने आगामी २४ घण्टामा कोशी, बागमती र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमासमेत बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !