२३ भाद्र २०८१, आइतबार

बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता

प्रकाशित मिति :  28 August, 2024 4:04 pm


काठमाडाैँ ।सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबिच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धि दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दुतावासका विकास निर्देशक तथा उपराजदुत पीपा बिर्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार वर्षा कार्यक्रमका लागि ३८.५ मिलियन अमेरिकी डलर नेपाली ६ अर्ब ५० करोडको रकमको रहेको छ । दोस्रो लैङ्गिक तथा मानव विकास अभिवृद्धि गर्नेका लागि ३८.८ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ६ अर्ब ५८ करोड) सहयोग गर्ने सम्झौता भएको छ ।

यी कार्यक्रमहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा मानव पुँजी निर्माण र आधारभुत सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !