२३ भाद्र २०८१, आइतबार

समावेशीताका विषयमा कुनै परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री राणा

प्रकाशित मिति :  29 August, 2024 11:43 am


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले देशमा बेथितिहरू बढ्दै गएपछि दुई ठुला दलहरु एक भएको बताएकी छन् ।

बिहीबार धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलमा मन्त्री राणाले देश अस्थिरता तर्फ जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको बताएकी हुन् ।

मन्त्री राणाले आगामी निर्वाचनसम्मै अहिलको गठबन्धन कायम रहने पनि बताएकी छिन्। दुई ठूला दलले संविधान संशोधनको विषयलाई उठाएको जिकिर गर्दै समावेशीताका विषयमा कुनै परिवर्तन नहुने बताइन्।

‘संविधानको रिभ्यू पनि हो। मूल मर्म परिवर्तन गर्दैनौँ। संविधानलाई शान्तिको डकुमेन्टको रुपमा पनि लिएका छौँ। विविधतालाई समेटेर समावेशी बनाएका छौँ, त्यसमा परिवर्तन ल्याउँदैनौँ। पाँच वर्षको जुन अभ्यास भएको छ, यो बीचमा सिकाइ भएको छ। यसलाई लिएर इम्प्रुभ गर्ने कुरा हो,’ मन्त्री राणाले भनिन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।

ओलीको उक्त भनाइ उद्धृत गर्दै पत्रकारहरूले ‘महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईंलक्षित होरु’ भनेर प्रश्न गरे।

जवाफमा मन्त्री राणाले भनिन्, ‘पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ। म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

राणाले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका महिला नेतृत्वका लागि लक्षित गर्नुभएको बताइन् । मन्त्री राणाले भनिन् ‘त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन। उहाँको आफ्नै पार्टीको क्यान्डिडेट भएको जस्तो लाग्छ,’ उनले अघि भनिन्, ‘हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो।’



प्रतिक्रिया दिनुहोस !