२३ भाद्र २०८१, आइतबार

सांसद कार्कीको प्रश्नः भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?

प्रकाशित मिति :  29 August, 2024 6:37 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरू एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले नेताहरू झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको बताइन् । उनले अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पु¥याएका बताइन् ।

उनले भ्रष्टाचार गर्न बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भनि प्रश्न समेत गरिन् । उनले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले हो–हल्ला गर्नु गलत भएको पनि बताइन् ।सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउनु नहुने बताइन् ।



प्रतिक्रिया दिनुहोस !