३१ भाद्र २०८१, सोमबार

इस्तानबुलमा मेट्रो बस ठोक्किँदा १ जनाको मृत्यु, ३८ घाइते

प्रकाशित मिति :  30 August, 2024 11:53 am


काठमाडाैँ ।टर्कियाको सबैभन्दा ठूलो शहरमा भीडको समयमा दुईवटा मेट्रो बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३८ जना घाइते भएका छन् ।

इस्तानबुल गभर्नरको कार्यालयले यो दुर्घटना शहरको युरोपेली छेउमा रहेको कुकुकसेकमेसे जिल्लामा भएको जानकारी दिएको छ । गभर्नरको कार्यालयका अनुसार ३८ जना घाइते भएकामध्ये २ जना गम्भीर घाइते भएका छन् ।

सडक निर्माणको चेतावनी नदेखेपछि चालकले गलत लेनमा प्रवेश गरे । निर्माणाधीन सवारीसाधनलाई ठक्कर दिनबाट बच्न चालकले अर्को मेट्रो बससँग ठक्कर दिएको बताइएको छ । इस्तानबुलको मेट्रो बसहरू प्रत्येक दिन लाखौं यात्रुहरूले प्रयोग गर्छन् ।



प्रतिक्रिया दिनुहोस !