१ आश्विन २०८१, मंगलबार

‘अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउनुपर्छ’

प्रकाशित मिति :  30 August, 2024 12:33 pm


काठमाडाैँ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । बिहीवार काठमाडौँमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायीहरूले यस्तो बताएका हुन् ।

उनीहरूले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता हटाउनको लागि निर्माण उद्योग चलायमान हुन जरुरी रहेको बताए । व्यवसायीहरूले निर्माण उद्योग चलायमान हुन सरकारले निर्माण उद्योगलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । सरकारले निर्माण व्यवसायीहरूको भुक्तानि समयमा गर्न नसक्दा पनि अर्थतन्त्र चालयमान हुन नसकेको उनीहरूको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निर्माण क्षेत्र सरकारको प्राथमिकतामा नगरेको महशुस भएको बताए । उनले मुलुकमा पूर्वाधार निर्माणको लागि निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे । उनले हरेक वर्षको बजेटमा आवश्यकताको पहिचान विना नयाँ आयोजनाहरू थप हुने तर पछि बजेट अभाव हुँदा आयोजनाहरू रुग्ण बन्ने अवस्था आउने गरेको बताए ।

उनले यस्तो समस्या आउन नदिनको लागि सरकारले आवश्यकता र औचित्यको आधारमा आयोजनाहरू छनोट गर्न आवश्यक रहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग शिथिल,आर्थिक उपार्जनमा आएको संकट र सरकारले भुक्तानी गर्न नसकेको कारणले गर्दा निर्माण उद्योग समस्यामा परेको बताए । उनले निर्माण उद्योगमा परेको समस्याले सप्लाई चेन लगायत सहयोगी हातहरु पनि समस्यामा परेको उल्लेख गरे ।

उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको बताए । उनले युवा निर्माण व्यवसायीहरूले निर्माण उद्योग चलायमान बनाउने महत्वपूर्ण भुमिका निवाह गर्ने अपेक्षा रहेको उल्लेख गरे ।

“निर्माण उद्योग सिथिल,आर्थिक उपार्जनमा आएको संकट र सरकारले भुक्तानी गर्न नसकेको कारणले गर्दा निर्माण उद्योग समस्यामा परेको छ । निर्माण उद्योगमा परेको समस्याले सप्लाई चेन लगायत सहयोगी हातहरु पनि समस्यामा परेको छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक छ । युवा निर्माण व्यवसायीहरुले निर्माण उद्योग चलायमान बनाउने महत्वपूर्ण भुमिका निवाह गर्नुहुने छ”, उनले भने ।

युवा निर्माण व्यवसायी समुदायको ६ औं अधिवेशनबाट वसन्तबहादुर चन्दको नेतृत्वमा १५ जनाको कार्यसमिति चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !