१ आश्विन २०८१, मंगलबार

१७ देशका लागि प्रस्तावित राजदुतहरूमाथि परेका उजुरीहरूमाथि छलफल सुरू

प्रकाशित मिति :  30 August, 2024 5:22 pm


काठमाडाैँ । सरकारद्वारा १७ देशका लागि प्रस्तावित राजदुतहरूमाथि परेका उजुरीहरूमाथिको छलफल सुरू भएको छ । शुक्रवार संसदीय सुनुवाई समितिमा १७ देशका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरूमाथि उजुरीकर्ताहरूले गरेको उजुरीमाथि छलफल सुरू भएको हो ।

आजको बैठकमा ६ जना उजुरीकर्ताहरूले राजदुतउपर उजुरी दिएका थिए । त्यसमध्ये ५ जना उजुरीकर्ताहरूसँग समितिले छलफल गरेको हो । उजुरीकर्ताहरूमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल र एक जना उजुरीकर्ता नम्बर ६ रहनुभएको समिति सभापति ईश्वरीदेवी न्यौपानले बताए । उनले एक जना उजुरीकर्ताले नाम गोप्य राख्न चाहेकाले नखुलाइएको र अर्का एक जना उजुरीकर्ता कारणवश आउन नसकेकाे बताए ।

समितिको बैठकमा उजुरीकर्ता उज्वलकृष्ण श्रेष्ठले १७ देशका लागि सिफारिस राजदुतहरू वाणिज्य दुतमात्रै भएकाले र राजदुतमा सिफारिस व्यक्ति योग्य, अनुभवी र राजनीतिक तथा कुटनीतिक क्षमता एवं ज्ञान नभएकाले फिर्ता गर्नुपर्ने बताए । उनले राजदुत नियुक्ति समानुपातिक र समावेशी नभएकाले फिर्ता गर्नुपर्ने बताए ।

सार्वजनिक सुनुवाई समितिले गम्भीरतापूर्वक सुनुवाई गरेर मात्रै राजदुत नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिए । अर्का उजुरीकर्ता मुक्तिनाथ आचार्यले सिफारिस राजदुतमध्ये इजरायलका लागि सिफारिस व्यक्ति प्राध्यापक धनप्रसाद पण्डितमाथि समितिले गहन छलफल र अध्ययन गर्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !