३१ भाद्र २०८१, सोमबार

एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा काँग्रेस पु¥याउनेछौँः काँग्रेस

प्रकाशित मिति :  2 September, 2024 8:41 am


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्यारउने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति र महामन्त्री द्वयले राखेको, नीतिगत, सांगठनिक र समयसामयिक प्रश्तावउपर छलफल भएको बताए ।

उनले महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रश्तावमाथि छलफल भइ सोही दिशामा अघि बढ्ने निर्णय भएको बताए । उनले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पु¥याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताए ।

सक्रिय सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ । त्यस्तै चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताए । उनले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताए ।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रश्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रिय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताए ।

उनले भने, ‘उपसभापति र महामन्त्री द्वयले प्रश्ताव राख्नुभएको थियो । छलफलमा संगठनसम्बन्धी जुन प्रश्ताव थियो, महामन्त्री गगनकुमार थापाद्वारा प्रश्तुत थियो । काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पु¥याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको छ । सक्रिय सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता दिने । गठबन्धनका सम्बन्धमा पनि जुन प्रश्ताव महामन्त्रीको प्रश्तावमा आएको थियो । अहिलेको परिवेशमा सबै कुरालाई मध्यनजर गरी पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्नेतिर नै निर्णय केन्द्रित भएको छ । महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्नेतर्फ जाने । अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रश्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा अहिले नै यस विषयमा निर्णय गर्न आवश्यक केन्द्रिय समितिले ठानेन । यो संविधानको पनि विषयवस्तु हो । संविधान संशोधनका क्रममा यस विषयमा कसरी जानुपर्छ भन्ने बारेमा छलफल गर्न सकिन्छ भनेर निर्णय गरेका छैनौँ ।’

बैठकमा समसामयिक, राजनीतिक, आर्थिक अवस्था, जनताका आवश्यकता लगायतका बारेमा पनि छलफल र निर्णय भएको बताए ।



प्रतिक्रिया दिनुहोस !