२३ भाद्र २०८१, आइतबार

‘मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु’

प्रकाशित मिति :  2 September, 2024 4:26 pm


काठमाडाैँ । मलेसियाका लागि प्रश्तावित राजदुत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् ।

मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रूपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारे।

साेमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुत तिमिल्सिनाले मलेसियामा विचौलियाहरूले श्रमिकहरूलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताए । उनले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरूको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताए ।

प्रस्तावित राजदुत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कुटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !