२३ मंसिर २०८१, आइतबार

पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छुः प्रस्ताविक राजदुत पौडेल

प्रकाशित मिति :  2 September, 2024 5:58 pm


काठमाडाैँ । पोर्चुगलका लागि प्रस्ताविक राजदुत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदुत भएर गए पहल गर्ने उनको प्रतिवद्धता थियो । सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताए ।

राजदुत पदलाई मार्केटिङ म्यानेजरको रूपमा चित्रण गर्दै उहाँले अन्य देशहरूमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताए ।

“पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं । त्यहाँ रहेका नेपालीहरुको डाटा कलेक्सनको काममा पनि लाग्नेछु । दुई देशबिचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु । राजदुत भनेको मार्केटिङ म्यानेजर हो,”उनले भने ।



प्रतिक्रिया दिनुहोस !