२३ मंसिर २०८१, आइतबार

सांसद झाको प्रश्नः सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?

प्रकाशित मिति :  3 September, 2024 3:21 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताएका हुन्।

उनले प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि प्रश्न गरे । उनले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !