३१ भाद्र २०८१, सोमबार

एक महिने गुँला पर्व विधिवत् रुपमा समापन गरिँदै

प्रकाशित मिति :  4 September, 2024 9:21 am


काठमाडौँ । नेवार समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आज विधिवत् रूपमा समापन गरिदैँ छ । श्रावण शुक्ल प्रतिपदादेखि शुरु भएको यो पर्व आज भाद्र शुक्ल प्रतिपदाका दिन समाप्त हुँदैछ ।

वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर टोल परिक्रम गरी यो पर्व मनाइन्छ । यस पर्वमा काठमाडौँ सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ ।

विशेष गरी नेवास समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्बु भगवानको दर्शन गर्न जाने परम्परा रहि आएको छ । आज काठमाडौँ उपत्यकका चोकहरुमा गुंला विषेश संगीतको श्रवण गरिन्छ ।

गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । आजदेखि नै नेवार समुदायले इयँला महिना पनि विशेष रूपमा मनाउँछन् ।



प्रतिक्रिया दिनुहोस !