२३ भाद्र २०८१, आइतबार

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस-एमालेबिच कुनै मतभेद छैनः सभापति देउवा

प्रकाशित मिति :  4 September, 2024 4:55 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबिच मतभेद नरहेको बताएका छन् ।

बुधवार काठमाडौँमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबिच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताएका हुन् । उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए ।

उनले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताए । उनले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताए । यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताए ।

सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताए ।उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !