२२ बैशाख २०८१, शनिबार

अभिनेत्री कोइरालालाई विप्लव नेतृत्व नेकपाको साथ,देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न महासङ्घको आग्रह

प्रकाशित मिति :  21 May, 2020 10:39 am


काठमाडौं, ८ जेठ ।

विप्लव नेतृत्व नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंङ्घले अभिनेत्री मनीषा कोइरालाको देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न भारतीय मिडियालाई आग्रह गरेको छ ।

महासचिव खेम थपलियाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘बलिउड चलचित्र क्षेत्रमा लामो समय योगदान दिँदै आएकी हाम्री कालाकार मनीषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार माध्यमले कोइरालाको उक्त देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएकोप्रति हाम्रो संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानकर्षण भएको छ ।’

महासङ्घले भारतलाई आफ्नो कर्मभूमि बनाएर कोइरालाले जीवनको उर्वर समय कलाकारिताको मध्यमबाट भारतको समृद्धिमा योगदान पुराएको उल्लेख गर्दै भनेको छ,‘ भारतको चलचित्र उद्योगमा आफ्नो कला र श्रम र सीम खन्याइन् । मनिषले कसैको दया मायामा नभएर आफ्नै कला,श्रम र सीपमा सिङ्गो भारतलाई दिएर बाँचेकी हुन् ।’

राष्ट्रियता ठूलो,सानो,विकसित,अविकसित वा कुनै पनि अवस्थाले फरक पर्ने विषय नभएको भन्दै महासङ्घले राष्ट्रियाको मर्मको नै खिल्ली उड्ने गरि भारतीय मिडियाले मनीष कोइरालामाथी गरिरहेको आरोप भत्सर्नायोग्य रहेको उल्लेख गरेको छ ।

महासङ्घले भनेको छ,‘ भारतीय मिडियाहरुबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवादन गर्न चाहन्छौं ।’ महासंङ्गले नेपालीहरुले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झण्डामुनि गोलबन्ध हुन समेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !