१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

प्रकाशित मिति :  8 September, 2024 5:13 pm


काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् ।

प्रदेश सरकारले पूर्व बिशिष्ट व्यक्तिहरूले पाउदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको हुन् ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व बिशिष्ट व्यक्तिलाई दिदैँ आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए।

२०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिदैँ आएका थिए।

पूर्व बिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए। आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागी पूर्व बिशिष्ट व्यक्तिहरूलाई दिदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो।



प्रतिक्रिया दिनुहोस !