२६ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

प्रकाशित मिति :  8 September, 2024 5:23 pm


काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) लाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ। जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गरेका केसीलाई सजाय भुक्तानको लागी रुकुम पश्चिम जिल्ला कारागार चलान गरिएको हो ।

३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।

सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस !