२२ मंसिर २०८१, शनिबार

सरकारले पीडित जनतालाई यथाशिघ्र राहत दिनुपर्छः खड्का

प्रकाशित मिति :  9 September, 2024 1:52 pm


काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा.नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जनता बिद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरूलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दावी समेत गरेका हुन्।

नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासिन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ समेत भएर अघि बढ्नुपर्ने पनि बताए । उनले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरूलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

“जनतामा भएको व्यापक निराशा जो विद्रोहको चरणमा पुगिसकेको जनतालाई यस प्रकारले हामीले राहत दिने व्यवस्था गर्न सकेनौँ भने त्यो राष्ट्रका लागि हितकर हुनेछैन,”उनले भने ।



प्रतिक्रिया दिनुहोस !