८ जेष्ठ २०८१, मंगलबार

भारतको चीनसँग समेत सीमा विवाद बढ्दो, लद्दाखको सीमा क्षेत्रमा दुबै देशले सैन्य गतिविधि बढाए

प्रकाशित मिति :  21 May, 2020 6:39 pm


काठमाडौं, ८ जेठ ।

चीन र भारतबीचपनि सीमा विवाद बढ्दै गएको छ । चीन र भारत दुबैले पूर्वी लद्दाखको पैंगोङ्ग त्सो ताल रहेको क्षेत्रमा सैन्य संख्या सँगै गस्ती समेत बढाएका छन् ।

दुइहप्ता पहिले यसै तालको नजिक भारत र चीनका सैनिकबीच झडप हुँदा केही सैनिक घाईते भएका थिए । यो क्षेत्र नियन्त्रण रेखा क्षेत्रमा पर्छ । यसभन्दा पहिले नै चीनले नियन्त्रण रेखामा सेना तैथान गरेको सार्वजनिक भएको थियो ।

भारतले यसअघि चीनको गालवन घाटीको किनारमा चीनको सेनाका केही टेन्ट देखिएको बताएको थियो । यसपछि भारतले पनि आफ्नो फौंज बढायो । चीनले गालवन घाटीको नजिक भारतले रक्षा सम्बन्धि गैरकानूनी संरचना निर्माण गरिरहेको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

भारत र चीनबीच यस क्षेत्रमा पटक पटक विवाद हुँदै आएको छ । तनाव बढेपछि दुबै देशले आफ्नो सेनाको संख्या बढाएका छन् ।
भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर सीमाना जोडिएको छ । यो सीमा जम्मू—कश्मीर,हिमाञ्चल प्रदेश,उत्तराखण्ड,सिक्किम तथा अरुणाचल प्रदेश भएर जान्छ ।

यो क्षेत्रलाई तीन भाँगमा बाँडिएको छ । जसमा पश्चिमी क्षेत्र अर्थात जम्मू-कश्मीर, मध्य क्षेत्र अर्थात हिमाचल प्रदेश र उत्तराखण्ड तथा पूर्वी सेक्टर अर्थात सिक्कम र अरुणाचल प्रदेश । यद्यपी यि दुबै देशबीच अहिलेसम्म पूर्ण रुपमा सीमाङ्कन भएको छैन । कैयौ क्षेत्रमा विवाद भएपछि सीमाको उल्झन टुंगिएको छैन ।

भारत पश्चिमी क्षेत्रमाका केही भागमा दाबी गरिरहेको छ जहाँ चीनको नियन्त्रणमा छ । भारतसँग सन् १९६२ मा युद्धका बेला चीनले त्यस क्षेत्रमा पूर्ण रुपमा कब्जा जमाएको थियो । उहीं पूर्वी क्षेत्रमा चीनले अरुणाचल प्रदेशमाथी आफ्नो दाबी गरिरहेको छ । चीनका अनुसार अरुणाचल तिब्बतको भूभाग हो ।

चीनले तिब्बत तथा अरुणाचल प्रदेशमा भएको नियन्त्रण रेखासमेत अस्वीकार गर्दै आएको छ । चीनको दाबी के छ भने सन् १९१४ मा जब ब्रिटिश भारत र तिब्बतबीच सम्झौता हुँदा उक्त सीमा नै थिएन । चीनले आफ्नै भूभागमाथी छलफल नै हुन नसक्ने बताएको छ । नेपालको भूमि अतिक्रमण गरिरहेको भारत चीनसँग समेत विवादमा छ ।

नेपालले हिजो मात्रै नेपालले आफ्नो भूमि लिम्पियाधुरा,लिपुलेख र कालापनीसहित समेटेर नक्सा सार्वजनिक गरेपछि आपत्ति जनाएको छ । नेपालसँग सीमा विवादमा उत्रिएको भारतको चीनसँग समेत तनाव बढ्दो छ ।



प्रतिक्रिया दिनुहोस !