१९ मंसिर २०८२, शुक्रबार

सांसद श्रेष्ठले भनिन्: ओली शासनमा विद्यार्थी दिक्षित हुन पनि पाएनन्

प्रकाशित मिति :  9 September, 2024 2:21 pm


काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन् ।

सो प्रतिष्ठानको दिक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरू दिक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हेसियतले कार्य व्यवस्तताको कारण देखाउँदै सो दिक्षान्त समारोह स्थगित गरेको भन्दै उनले आपत्ति जनाएकी हुन्।

सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गरिन् । उनले विद्यार्थीहरुको दिक्षित हुने अधिकार ओली सरकारले कटौति गर्न नमिल्ने तर्क समेत गर सांसद श्रेष्ठले सो प्रतिष्ठानको दिक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट शुरु हुन्छ? भनि सरकारलाई प्रश्न समेत गरिन् ।

“प्रमज्यूले, कुलपतिज्युले राति म आउन सक्दिन कार्य व्यस्तता भनिदिनु भयो । कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठन थाल्यो । विद्यार्थीहरूको दिक्षित हुने राईट होइन त्यो रु हक अधिकार होइन? सभामुख महोदय, म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु–विद्यार्थीहरूको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस,” उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !