२२ मंसिर २०८१, शनिबार

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ

प्रकाशित मिति :  10 September, 2024 3:36 pm


काठमाडाैँ । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ ।

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो । बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित विदाई गरेका थिए ।

बुद्ध एयरकाअनुसार उक्त विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरू गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाइ गरिएको छ । बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ । यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ ।

४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताए। उनले सन्१९९५मा बनेको विमान नेपालमा ल्याउनु भन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाईएको बताए । उनले पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रूपमा सञ्चालन गर्न नसक्दा विधाई हुने बताए ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !