२६ आश्विन २०८१, शनिबार

संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस, मुख्यमन्त्रीले व्यक्त गरे श्रद्धाञ्जली

प्रकाशित मिति :  11 September, 2024 2:15 pm


दाङ । संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृती दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयले प्रथम स्मृती दिवसमा श्रद्धाञ्जली अर्पण समारोह राखेको थियो । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपाली राजनीतिलाई सहि दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर खेल्नु भएको अतुलनिय भूमिकाको स्मरण गरे।

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !