२२ मंसिर २०८१, शनिबार

माओवादी केन्द्रको अवरोध पछि संसद बैठक स्थगित

प्रकाशित मिति :  11 September, 2024 3:12 pm


काठमाडौं । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको बताएका छन् ।

उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको उल्लेख गर्दै उक्त शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने जानकारी गराए ।

तर नेकपा माओवादीका सांसदहरुले भने उक्त शब्द संसदको अभिलेखबाट हटाउनुपर्ने भन्दै संसद बैठक अवरोध गरे । माओवादीको अवरोध पछि आजको संसद बैठक स्थगित भएको जानकारी गराए ।

पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरुलाई संसदमा प्रश्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गर्नुभयो ।

सभामुखले संसदको अर्को बैठक भदौ ३० गते आइतबार बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !