२१ बैशाख २०८१, शुक्रबार

गाँउपालिकाद्धारा कोरोना संक्रमण देखिएका जिल्लाबाट खाद्यान्न तथा निर्माण समाग्री आपूर्तिमा रोक

प्रकाशित मिति :  22 May, 2020 7:48 am


रोल्पा,९ जेठ ।

रोल्पाको सुनछहरी गाँउपालिकाले कोरोना संक्रमण देखिएका जिल्लाबाट खाद्यान्न तथा निर्माण समाग्री आपूर्तिमा रोक लगाउने निर्णय गरेको   छ ।
गाँउपालिकाको बैठकले संक्रमित जिल्लाबाट खाद्यान्न तथा निर्माण सामाग्री आपूर्तिमा रोक लगाउने निर्णय गर्दै सवारी साधनलाई पास उपलब्ध नगराउने निर्णय गरेको हो ।

गाँउपालिकाले यसअघि खाद्यान्न तथा निर्माण सामाग्र ढुवानीका लागि अनुमति संख्या र दिन कायम गरि समय तालिका कायम गरि यातायात सञ्चालन गर्न दिएको थियो । तर, कतिपय खाद्यान्न निर्माण सामाग्री ढुवानी गर्ने सवारीहरुले आफूखुशी ढुवानी अनुमति विना ओसारपसार गरेको भन्दै गाँउपालिकाले कोरोना जोखिम बढेको निष्कर्ससहित रोक लगाउने निर्णय गरेको हो ।

बैठकले गाँउपालिकाभित्र स्थानीय व्यापारीले कालोबाजारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै तत्काल बजार अनुगमनका लागि गाँउपालिका समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

सञ्चालनमा रहेका योजना तथा अन्य भुक्तानिका लागि गाँउपालिका अन्तर्गत रहेका बैंकहरुले सुरक्षित उपाय अपनाउँदै सामाजिक दुरी कायम राखी दैनिक वा एक दिनको फरकमा बैंकिङ कारोबार सञ्चालनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आउन सक्ने संख्यालाई मध्यनजर राख्दै पहिलो चरणमा सुनछहरी प्रा.वि. स्यूरी, जैमाकसलाको मा.वि. र भूमेथला जेलवाङमा क्वारेन्टाइन स्थापनाका लागि सिफारिस पनि बैठकले गरेको छ ।

दोस्रो चरणमा संख्या थपिदै गए प्रत्यक वडामा एक क्वारेन्टाइन स्थापना गर्ने निर्णय समेत भएको अध्यक्ष आशबहादुर पुनले जानकारी दिए । अध्यक्ष पुनले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिदका लागि आपूर्तिमा व्यवस्था मिलाउने निर्णय भएको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !