१४ बैशाख २०८१, शुक्रबार

सीमाका विषयलाई अहिले अन्तराष्ट्रियकरण गर्दैनौं : मन्त्री खतिवडा

प्रकाशित मिति :  22 May, 2020 2:43 pm


sf7df8f}F, ;fpg !^ -/f;;_M eG;f/ Joj:yfkg uf]i7L –;Daf]wg cy{dGqL 8f o”j/fh vltj8f eG;f/ ljefuåf/f sf7df8f}Fdf laxLaf/ cfof]lht eG;f/ Joj:yfkg uf]i7LnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f

काठमाण्डौं,९ जेठ ।

सरकारले सीमाका विषयलाई अहिले अन्तराष्ट्रियकरण नगर्ने बताएको छ ।

मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सूचना तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले भने,‘अहिले हामीले नेपालको वास्तविक अन्तराष्ट्रिय सीमासहितको नक्शा जारी गरेका छौं ।

यो नक्शा जारी गरिसकेपछि त्यो संग सम्बन्धित विवादका विषयहरु अथवा अरु कुनै छिमेकी मुलुकसँग हुने विवादका विषयहरु दुपक्षीय वार्ताको माध्यमबाट, कूटनैतिक प्रयासबाट त्यसको समाधान गर्ने हो ।’

मन्त्री खतिवडाले यसलाई अहिले अन्तराष्ट्रियकरण गर्ने बिषयमा नसोंचेको भन्दै वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘ यसलाई अहिले हामीले अन्तराष्ट्रियकरण गर्ने विषयमा सोंचेका छैंनौं ।

सरकारलाई आशा छ, हामीले वार्ताकै माध्यामबाट, हामीसँग भएका प्रमाणहरु, हामीसँग भएका सवुतहरुका आधारबाट हामीले मित्रराष्ट्रहरुसँग संवाद गरेरै ति भूमिहरु जो हाम्रो हो त्यो स्वीकार गर्ने स्थितिमा पुराउन हाम्रो प्रयास रहन्छ ।’

भारतले स्वीकार नगरेको अवस्थमामा मात्रै के गर्ने भन्नेबारेमा छलफल गर्ने मन्त्री खतिवडाको भनाई छ । उनले वार्ताका माध्यमबाट हाम्रो जमिनका विषयमा कुनै विवाद नगर्नलाई छिमेकी राष्ट्रसँग संवाद गर्ने र त्यसै अनुसार अगाडी बढ्ने सरकारको निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

सरकारले लिम्पियाधुरा,कालापानी र लिपुलेकसमेत समावेश गरेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले नमान्ने बताएको छ । अहिलेपनि ति क्षेत्रमा भारतले अतिक्रमण गरेर सैन्य क्याम्प राखेको छ ।

भारतले नेपालको भूमि आफ्नो नक्शाभित्र राखेर सडकसमेत सञ्चालनमा ल्याएपछि नेपालले आफ्नो अध्यावधिक नक्शास सार्वजनिक गरेको हो । भारतले नमाने सीमा विवाद अन्तराष्ट्रियकरण गर्नुपर्ने आवाज उठिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !