२१ बैशाख २०८१, शुक्रबार

९७* जना यात्रु बोकेको पाकिस्तान एअरलाईन्सको विमान दुर्घटना(भिडियोसहित)

प्रकाशित मिति :  22 May, 2020 5:27 pm


काठमाण्डौं,९ जेठ ।

पाकिस्तानको कराचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एअरलाईन्सको विमान मानव बस्तीमै खसेको छ । दुघर्टनापछि कालो धुवा देखिएको छ ।

कराची विमानस्थलमा अवतरण गर्नु केही मिनेट अगाडि मात्रै विमान दुर्घटना भएको हो । अहिले उद्धार कार्य जारी रहेको पाकिस्तानको टेलिभिजन जियो टेलिभिजनको अनलाईन संस्करणले जनाएको छ ।

पाकिस्तान सरकारले अहिलेसम्म मृत्यु वा घाइतेमाध्य कसैको जानकारी दिएको छैन । *पाकिस्तानको जियो टेलिभिजनको अनलाईन संस्करणले दुर्घटना ग्रस्त जहाजमा ९७ जना रहेको पुष्टि गरेको छ । यसअघि बीबीसीले ९९ जना यात्रु रहेको बताएको थियो ।
पाकिस्तान इन्टरनेशनल एअरलाईन्सको बस लाहोरबाट कराची आएको थियो । विमानस्थल नजिक जहाज दुर्घटना भएको हो ।



प्रतिक्रिया दिनुहोस !