२२ मंसिर २०८१, शनिबार

सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने उर्जामन्त्रीको घोषणा

प्रकाशित मिति :  27 September, 2024 8:45 am


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गरेका छन् ।

सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उनले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताए । उनले गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई सरकारले विद्युत उपलब्ध गराउँदै आएको बताए ।

उनले १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरुको ध्यानाकर्षण भएको बताए । उनले विद्युतको पहुँचसँगै उद्योगधन्दा र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गरे ।

मन्त्री खड्काले भारतसँग सीमा जोडिएकाले पनि रोजगारीका अवसरहरु अब उद्योग सञ्चालनसँगै बढ्ने विश्वास व्यक्त गरे । उनले सिंचाईका कामहरुमा पनि विद्युतको प्रयोग बढाउन सकिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !