२४ आश्विन २०८१, बिहिबार

दुई वर्षमा मधेसमा ८ हजार ५ सय २९ उजुरी दर्ता, ६ हजार ४ सय ७२ फर्छ्यौट

प्रकाशित मिति :  30 September, 2024 3:36 pm


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० तथा २०८०/०८१ मा गरी मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छ्यौट भएको उल्लेख छ ।

मधेस प्रदेशमा सबैभन्दा बढी धनुषामा २०७९\०८० मा ४२१ तथा २०८०\०८१ मा १ हजार १ गरी १ हजार ४ सय २२ उजुरी परेकोमा १ हजार ५६ उजुरी फर्छ्यौटभएको छ । त्यस्तै बारामा कुल १ हजार २ सय ७ मा ८ सय ८७, सप्तरीमा १ हजार १ सय ७०मध्ये ९७१,  रौतहटमा १ हजार ३५ मध्ये ७ सय ३४, महोत्तरीमा १ हजार २२ मध्ये ८ सय ३४ उजुरी फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै पर्सामा ९ सय ५६ मध्ये ६ सय ९१, सिरहामा ८ सय ८१मध्ये ६ सय ८७ र सर्लाहीमा ८ सय ३६मध्ये ६ सय ४२ उजुरीको फछर््यौट भएको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !