१९ कार्तिक २०८१, सोमबार

स्याङ्जामा जिप दुर्घटना हुँदा चालकसहित ८ घाइते

प्रकाशित मिति :  4 October, 2024 3:43 pm


काठमाडौँ । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर २ बेझाङस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज. ५७५६ नम्बरको बलेरो जिप ब्रेक फेल हुँदा आज बिहान १० बजे सडकको कुना साइडको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार जिपमा सवार चालकसहित ८ जना थिए । तीमध्ये ७ जना घाइतेलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेका पौडेलले बताए ।

घाइते हुनेमा आँधीखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं रहेका छन् ।

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ आरुचौर बस्ने ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल र पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने मनिषा नेपाली सकुशल र उनको ३ वर्षीया छोरी सोफिया नेपाली रहेका छन् ।

प्रहरीका अनुसार चालक स्याङजा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २७ को सागर विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !