१२ श्रावण २०८१, शनिबार

दुइ गजल

प्रकाशित मिति :  24 May, 2020 1:00 pm

ऊ बेखबर छ भारी मुरी मुरी बोकेर
अरु कोही जाँदैछ अदालत उजुरी बोकेर ।
गरिबीले छुटाएको थियो मायालु प्रेमीहरुलाई
फर्कदै छ प्रेमिकालाई पोते अनि चुरी बोकेर ।।
 भेटिन्छन् गाँउमा अझै तमसुक तमसुक गराउदै मालिकहरु
उड्दैछ गरिब फेरि परदेश अनेक मजबुरी बोकेर ।।
सजिलै छोडेको होइन उसले पनि आफ्नो देश
देखेन भविष्य सधै अर्काको भुराभुरी बोकेर ।।
खुशी त कहाँ हुन्थ्यो आफ्नालाई छोडेर परदेश
बाँच्न पनि त गाह्रो सधै दुःखको हुरी बोकेर ।।
तिमी के पायौं इमान्दार भएर ऊ उस्तै छ जमिनदार भएर ।
जति हेपे पनि कलै नदिए पनि कुकुर उस्तै छ बफादार भएर ।।
बेकार छ मानवीयताको कुरा गर्नु भ्रष्टाचारी उस्तै छ गद्धार भएर ।।
के गर्नु हुनत केहि हुन्न थाहाँ छ महल उस्तै छ खरिददार भएर ।।

प्रतिक्रिया दिनुहोस !