२५ बैशाख २०८१, मंगलबार

लुम्बिनी विकास कोषद्धारा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कोरोना कोषमा १५ लाख रुपैयाँ सहयोग

प्रकाशित मिति :  24 May, 2020 1:59 pm


रुपन्देही, ११ जेठ ।

लुम्बिनी विकास कोषले कोरोना विरुद्ध लड्न रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

आन्तरिक बजेटबाट नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ प्रदान गरिएको कोषले जनाएको छ ।

सामाजिक दायित्व अन्तर्गत विश्व शान्तिका प्रर्वद्धक शाक्यमुनि भगवान वुद्धको पवित्र जन्मस्थल लुम्बिनी वरिपरिका स्थानीय जनताहरुको हितमा कोरोना भाईरस विरुद्धको लडाईमा सहभागिता जनाउन नगरपालिकालाई सहयोग गरिएको कायम मुकायम सदस्य सचिव ज्ञानिन राईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोषले लुम्बिनी गुरुयोजना क्षेत्र वरिपरि स्थानीय निकायद्धारा स्थापना गरेको २१ वटा क्वारेन्टाइन स्थलहरुमा मास्क,पञ्जा,सावुन,पानी तताउने इलेक्ट्रिक लग लगायतका सामाग्रीहरु सहयोग गरेपनि पनि कायम मुकायम राईको विज्ञप्तिमा छ । गुरुयोजना क्षेत्रभित्र रहेका कोषको ३ हजार क्षमताको सभाहल समेत क्वारेन्टाइन स्थापना गर्नका लागि उपलब्ध गराउन सकिने प्रतिबद्धता सम्बन्धित निकायमा गरिसकेको पनि कोषले जानकारी गराएको छ ।

कोषले लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय जनप्रतिनीधिहरुसँगको समन्वयमा फुड बैंकको अवधारणा समेत तयार गरेको जनाएको छ । कोषले भनेको छ,‘सो फुड बैंक मार्फत नगरपालिका भित्र खाद्यान्न नपाएर पीडित भएका अशक्त,असहाय एवं विपन्न परिवारहरुलाई अत्यावश्यक आद्यान्न उपलब्ध गराईने छ ।

कोषले यसअघि कर्मचारीहरुको तलबबाट नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण निन्त्रण तथा उपचार कोषमा २ लाख ८९ हजार ४ सयय अठहत्तर रुपैयाँ हस्तान्तरण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !