२१ कार्तिक २०८१, बुधबार

उपनिर्वाचनमा महिला उमेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

प्रकाशित मिति :  17 October, 2024 4:32 pm


काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले आज (बिहीबार) जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उमेदवारको मनोनयन पत्र पेस गर्दा महिला उमेदवार रहने गरी मनोनयपत्र पेस गर्नुपर्ने उल्लेख छ ।

“स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,”आयोगका प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !