१७ बैशाख २०८१, सोमबार

सिन्धुपाल्चाेक इन्द्रावतीमा नयाँ प्रजातिकाे फाैजी किराकाे प्रकाेप, कृषक चिन्तित

प्रकाशित मिति :  24 May, 2020 6:33 pm


कुशुम आचार्य

इन्द्रावती, ११ जेठ  

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा नयाँ प्रजातिकाे फौजी किराले मकैको बोट नष्ट पार्न थालेको छ। केही हप्ता अघि देखि देखिन थालेको फौजी किराको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित बनेका छन्।

याे वर्ष गत वर्ष भन्दा फरक र नयाँ किसिमको किराको प्रकोप देखिएको र विगतमा प्रयाेग गरेकाे विषादी छर्कँदा पनि किरा नष्ट नभएपछि कृषकमा थप चिन्ता बढेकाे इन्द्रावती गाउँपालिकाका कृषक मधुसुधन सापकोटाकाे भनाइ छ ।

एक दिन दुई दिन हुँदा हुँदै करिब एक हप्तामा सबै मकै बालिमा फौजी किराले आक्रमण बढ्दाे क्रममा छ।  इन्द्रावती गाउँपालिका को वडा नम्बर ६, ७, ८ ,९, १०, ११ र १२ नम्बर बडाकाे तल्लो भेगमा फौजी कीराको प्रकोप बढी देखिएको छ।

‘एक साता भित्रमा धेरै मकैमा नोक्सानी गरेको र यही हिसाबले प्रकोप बढेमा जिल्ला व्यापी रुपमा फैलिने र कृषि क्षेत्रमा ठूलो नोक्सानी हुनेछ देखिन्छ,  सापकोटा भने ।

अमेरिका अफ्रिका हुँदै नेपालमा पनि भित्रिएको यस प्रकार को किराले बालीमा वर्षेनी प्रभाव पार्दै आएकाे छ। कोरोनाका कारणले त्रसित कृषकहरुलाइ फौजी किराले झन् थप समस्यामा पारेकाे भन्दै इन्द्रावती गाउँपालिकाको कृषि शाखामा जानकारी गराएका छन् ।

गाउँपालिकाले भने सुनुवाइ गरिसकेकाे छैन । यस क्षेत्रका किसानहरुले बर्षातका्े पानीकाे भरमा महङ्गो बीउ र मलखादको प्रयोग गरेर खेति गर्ने गरेका छन् ।

मकैमा हुँदै गएको नोक्सानी र फौजी किराको प्रकोपलाई रोक्न स्थानीय तहबाट नै प्राबिधिक टोलि खटाइ स्थलगत निरीक्षण, रोग पहिचान र विषदिको प्रयोग गरिनु जरुरी देखिन्छ।



प्रतिक्रिया दिनुहोस !